बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

प्रहरी चौकीमै सहायक निरीक्षकले आफैँमाथि गोली प्रहार गरे

· शुक्रबार, १५ मंसिर, २०८१ मा प्रकाशित
प्रहरी चौकीमै सहायक निरीक्षकले आफैँमाथि गोली प्रहार गरे
अछाम, मंसिर १५ :

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकले आफैँमाथि गोली प्रहार गरेका छन् ।

अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक किसनबहादुर चन्दले गएराति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

चन्दले आफैँले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

गोली लागेर घाइते भएका चन्दको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा  गरिएको र थप उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखेर भइरहेको छ ।

इलाका प्रहरी कार्यालय कमलबजारका इञ्चार्ज प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय घटनाको छानबिन समिति गठन गरिएको  प्रहरी नायब उपरीक्षक भण्डारीले बताएउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार