काठमाण्डौँ , मंसिर १६ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो एक सय ग्राम सुन सहित एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँले एक किलो, एक सय ग्राम सुन सहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताउनुभयो । 

शुक्रबार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । 

उनलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।