काठमाडौँ, मंसिर १७ :
रामेछापको गोकुलगंगा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको सवारी दुर्घटनामा निधन भएकाले आज गाउँपालिका भर सार्वजनिक बिदा दिइएको हो ।
गाउँपालिका कार्यालय र त्यस अन्तर्गतका सबै कार्यालयहरू, शैक्षिक संस्थाहरूमा समेत शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीले जानकारी दिनुभयो ।