
काठमाडौँ, मंसिर १७ :
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाण्डौँ महानगरपालिका- १६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
उक्त वडाका लागि मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसको सुदृढीकरणका लागि सबै मतदाता उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधन भएपछि उक्त वडामा आज उपनिर्वाचन भएको हो ।