
काठमाण्डौं, मंसिर १७ :
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान जारी छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको भन्दै अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट गत बिहीबार काठमाडौं ल्याइएको हो ।
लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी गरिएको हो । यसअघि लामिछानेसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई पनि काठमाण्डौं ल्याएर बयान लिई कास्की लगिएको हो ।
गत बिहिबार साँझ काठमाण्डौं ल्याईएका लामिछानेको शुक्रबारदेखि नै बयान सुरु गरिएको हो ।