काठमाडौँ, मंसिर १७ :

रोल्पामा बनाउँदै गरेको झोलुङ्गे पुलको पर्खाल भत्कँदा ५ जनाको मृत्यु भएको छ।

झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर त्यहाँ काम गर्ने मजदूरहरुको मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुने २ जना महिला र ३ जना पुरुष छन । आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर सोही ती कामदारहरुको मृत्यु भएको हो ।।