मंसिर १७ :

रोल्पा- रोल्पाको सुनछहरी गाँउपालिका -३ बाहिरि गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने  झोलुङ्गे पुल निर्माणको लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को आई काम गर्दै गरेका ५ जनाको पुरिएर मृत्यु भएको छ ।

प्रहरीले पुरिएको अबस्थामा २ पुरुष र २ महिला गरी ४ जनाको शव घटनास्थलबाट निकालेको छ । १ जनाको शव निकाल्न सकिएको छैन । 

एल.बि.एण्ड पल्लभी जक्सन J.V.निर्माण सेवा अन्तर्गत उक्त स्थानमा ७ जनाले काम गर्दै गरेको अबस्थामा २ जनाले भागेर ज्यान जोगाएका थिए । 

मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाम बस्ने बर्ष ४५ को दुजमन परियार, सोही ठाउँका ३१ बर्षीय ओम परियार, ४० बर्षीया सुबित्रा परियार र  बर्ष २७ की आईती परियार रहेको प्रहरीले जनाएको छ ।