
फोटोः कीर्तिपुरमा मतपेटिका पोको पार्दै सुरक्षाकर्मी
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो ।
यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी हुनुहुन्छ ।
यसैबीच,निर्वाचन सकिएका कतिपय स्थानीय तहमा आज साँझदेखि नै मतगणना गर्ने तयारी गरिएको छ ।
काठमाडौँको किर्तिपुर नगरपालिका र मोरङको ग्रामथान गाउँपालिकामा आज साँझबाट मत गन्न शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।