आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

डोटीको पूर्विचौकी-६ मा कांग्रेसका मोहन थापा विजयी

· आइतबार, १७ मंसिर, २०८१ मा प्रकाशित
डोटी, मंसिर १७ :

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय हुनुभएको छ ।

आईतबार  सम्पन्न उपनिर्वाचनमा उहाँले चार सय ६८ मत प्राप्त गरी विजयी हुनुभयो ।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबहादुर थापाले तीन सय एक मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर)ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवीलाल थापाले २६ मत प्राप्त गर्नुभयो ।

निर्वाचन कार्यालयका अनुसार १३ मत बदर भएको छ । कूल एक हजार पाँच सय ९३ मतदाता रहेको वडामा आठ सय ३९ मत खसेको थियो ।

यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार