रौतहट, मंसिर १८ :

रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा  नेकपा (एकीकृत समाजवादीकास) का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी हुनुभएको छ ।

हिजो सम्पन्न उपनिर्वाचनमा उहाँले छ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।  उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याउनुभएको थियो भने नेपाली काँग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो । 

यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित हुनुभएको थियो । 

यसैबीच ईशनाथ नगरपालिका वडा –७ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका शेख अब्दुल खलिकले बजरङ्गी प्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका प्रतिस्पर्धा एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिनुभयो ।