काठमाण्डौं, मंसिर १८ :

किर्तिपुर नगरपालिकाको मतगणना जारी छ ।

हालसम्म नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायम छ । अहिलेसम्मको मतगणना अनुसार डंगोलको १३१३ मत रहेको छ भने एमालेका सुरेन्द्र मानन्धरको ९७८ मत रहेको छ । 
 
किर्तिपुरको वडा नम्बर ४ मा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ ११५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०७ मत प्राप्त गर्नुभएको छ ।