काठमाण्डौँ , मंसिर १९ :

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन्।

सुदूरपश्चिम र विराटनगरको पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा हुँदैछ। सुदूरपश्चिमले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रिने छ। विराटनगर उद्‌घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो।

दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्। चितवन र पोखराको दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ।

पहिलो खेलमा सोमबार काठमाण्डौँ गोर्खाजलाई ५ विकेटले हराएको चितवनले दुई अङ्क जोडिसकेको छ।