
काठमाण्डौँ , मंसिर २० :
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लामो समयपछि संवैधानिक इजलास गठन गर्नुभएको छ ।
संवैधानिक इजलासमा आज १६ थान मुद्दा पेसीमा रहेको छ।
प्रधान न्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासमा मुद्दा तोकिएको छ।
यसमध्ये अधिवक्ता वसन्त जोशीको मुद्दा हेर्दाहेर्दै रहेको छ । यसमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको हो । यो निर्वाचनको समयमा कसुर लिएका र निर्वाचित भएको भनी नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी विरुद्धको रिट हो ।