'पशुपतिको यात्रा सिद्राको व्यापार' भन्ने नेपाली भनाइ यतिखेर किर्तिपुरको क्रिकेट मैदान बाहिर चरितार्थ भएको छ ।
नेपाल प्रिमियर लिग एनपीएल चलिरहँदा किर्तिपुरस्थित क्रिकेट मैदान बाहिर साना साना व्यापार गर्नेहरुको निकै चहल पहल छ । जाडो मौसममा उसै त बदाम र सुन्तलाको व्यापार बढी हुने त्यहीमाथि यति ठूलो खेल चलिरहँदा साना व्यापारीलाई भ्याइ नभ्याइ छ ।
सुन्तला,बदाम,चाउचाउ,पानी,पानी पुरी जस्ता खानेकुराको व्यापार त भएकै छ अर्को रमाइलो कुरा त के छ भने खेल हेर्न मोटरसाइकल चढेर जानेहरुको हेलमेट कुर्नेहरुको व्यापार पनि उत्तिकै छ ।
दिनभर एउटा हेलमेट राखेको ५० रुपैँया लिने गरेको उनीहरु बताउँछन ।
पानी र अरु खुद्रा सामानको मुल्य भने अरु बेला जस्तै नै छ । किर्तिपुर खेल मैदान वरिपरि खासै पसलहरु छैनन ।
त्यसैले पनि होला उनीहरुको व्यापार सोचे भन्दा बढी नै छ ।
जे होस सानो व्यापार गरेर परिवार पाल्नेहरुको दैनिकि किर्तिपुरमा अहिले अलि सहज बनेको छ ।।