शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

त्रिविले ५० औँ स्वर्ण दीक्षान्त समारोह मनाउँदै, १४ हजार बढि विद्यार्थी दीक्षित हुँदै

· बुधबार, २० मंसिर, २०८१ मा प्रकाशित
tu-university
काठमाण्डौँ , मंसिर २० :

त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५० औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ ।

समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । 

समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात  विद्यार्थी दीक्षित हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । 

समारोहमा वि. सं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन् । 

समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ । उहाँले प्रमुख अतिथिको टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार