काठमाण्डौं, मंसिर २१ :

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी  काठमाडौँको लागि प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत  नेपाली दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गर्नुभएको छ ।

प्रधानमन्त्री ओली नेपाली समय अनुसार आज दिउँसो साढे २ बजे काठमाडौं आईपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।