
सिरहा, मंसिर २१ :
सिरहा-चोहर्बा खण्डको भलुवाही चोकमा हिजो साँझ सिरहा नगरपालिका वडा नं.११ मा अटोको ठक्करबाट स्थानीय १८ वर्षीय निरज कामतीको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै परिवारजनले सडक अबरुद्ध पारेका छन ।
मृतकलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने माग राख्दै विहानैदेखि टायर बालेर सडक अवरुद्ध गरेपछि सिरहा सदरमुकाम जाने आउने सवारीका साधनहरु बाटैमाअलपत्र परेका छन् ।
हिजो साँझ करिव ८ बजेतिर बाटो काट्ने क्रममा कामतीलाई अटोले ठक्कर दिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको थियो ।