काठमाण्डौँ , मंसिर २१ :

इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । 

ललितपुरको मेडिसिटी अस्पतालमा इतिहासकार राणाको आज दिउँसो निधन भएको बुहारी भगवती राणाले जानकारी दिनुभयो ।

रक्तचाप न्यून र श्वासप्रश्वासमा कमी आएपछि उहाँलाई बुधबार बिहान ८ बजे अस्पताल लगिएको थियो । 

९९ वर्षीय राणा आगामी चैतमा शताब्दी टेक्दै हुनुहुन्थ्यो ।