काठमाण्डौँ , मंसिर २१ :

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । 

२०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस- ३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो । 

गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ साल भदौ ११ गते १२ वर्ष कैद ठहर गरेको थियो । दोलखाको वैतेश्वर गाउँपालिका- १ बस्ने ४७ वर्षीया कमला कर्तव्य ज्यान मुद्दा लगत्तै फरार भएकी प्रहरीले जनाएको छ ।