काठमाडौँ, मंसिर २१ :

नेपाल प्रिमियर लिग (एनपीएल) यतिखेर नेपाली  समर्थक हरुले  त्रिवि  क्रिकेट मैदान भरिएको छ।  बिहानैदेखि सुरु हुने खेल हेर्न समर्थकहरु तँछाड मछाड गरेर मैदानमा पुग्ने गर्दछन ।

काठमाडौँ उपत्यका भित्रभन्दा बाहिरबाट आउने समर्थकहरुको निकै भिड त्रिवि क्रिकेट मैदानमा  देखिन्छ।

विभिन्न ८ टोली सम्मिलित एनपिएल, नेपाली क्रिकेट खेलाडी र क्रिकेटप्रेमी दर्शकहरुमा  निकै लोकप्रिय बनेको छ।

खेल जति चर्चामा छ उती नै रमाइलो छ खेल मैदान बाहिर ।

खेल भैरहदा बाहिर विभिन्न टीमको टी-सर्ट बेच्नेहरुलाई भ्याइनभ्याइ छ। बिहान देखि बेलुकासम्म जर्सी बिक्रि गर्दा ४० देखि ५० हजर सम्मको जर्सी बिक्रि हुने व्यपारीहरु बताउँछ।

जर्सी बेचेर होस या पानी, बदाम बेचेर होस या सुन्तला साना ब्यापारीलाई यतिखेर त्रिवि खेल मैदान बाहिर विहानदेखि बेलुकीसम्म भ्याइ नभ्याइ छ ।