
फाइल
काठमाडौँ, मंसिर २१ :
मंसिर ४ गतेदेखि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ ।
साइबर अपराधसम्बन्धी कसुरमा थुनामा रहेका उनलाई काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।
भारतीय आपराधिक गिरोह लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क देखिएपछि प्रहरीले अनुसन्धानका लागि अदालतसँग अनुमति मागेको थियो ।
प्रसाईं भने कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको गलत तथ्य सार्वजनिक गरेको आरोपमा अहिले अनुसन्धानको क्रममा हिरासतमा नै छन ।