
फाइल
काठमाडौँ, मंसिर २२ :
भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक अहिले काठमाडौँ आउनुभएको छ ।
भारत भ्रमण सकेर आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट बनाएर राजा जिग्मे नेपाल आउनु भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राजा जिग्मेलाई परराष्ट्रमन्त्री डा आरजु राणाले स्वागत गर्नुभएको छ ।
उहाँ करिव पाँच घण्टा नेपालमा रहनुहुने छ।
काठमाडौँमा रहँदा राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्नुहुने कार्यक्रम रहेको छ ।