काठमाडौँ, मंसिर २२ :

नेपाल पत्रकार महासङ्घको महाधिवेशनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि अपराह्‍न ४ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय तोकिएको छ।

उम्मेदवारको नामावली प्रकाशन आज शुक्रबार नै अपराह्‍न ५ बजे हुनेछ ।  मनोनयन पत्र फिर्ता शनिबार बिहान १० बजेभित्र लिइसक्नु पर्ने छ। 

उम्मेदवारको अन्तिम नामावली भोलि नै बिहान ११ बजे प्रकाशित हुनेछ।

मतदान मंसिर २८ गते बिहान १० बजेदेखि ४ बजेसम्म हुने तालिका रहेको छ।