काठमाडौँ, मंसिर २२ :

भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ ।

यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गर्नुभयो। करिब आधा घण्टा त्यहाँ रहनुभएका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाण्डौँ उपत्यकाको दृश्यावलोकन गर्नुभयो ।

आज बिहान नेपाल आइपुग्नुभएका उहाँले आजै बौद्धनाथको पनि दर्शन गर्नुभएको छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका भुटानी नरेश आजै स्वदेश फर्किनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।