आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार राजनीति

पूर्वप्रधानमन्त्री खनाल र चीनका उपप्रधानमन्त्री छुएश्याङबीच भेटवार्ता

· शुक्रबार, २२ मंसिर, २०८१ मा प्रकाशित
पूर्वप्रधानमन्त्री खनाल र चीनका उपप्रधानमन्त्री छुएश्याङबीच भेटवार्ता
काठमाडौँ, मंसिर २२ :

चीन भ्रमणमा रहनुभएका नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल र जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङबीच आज भेटवार्ता भएको छ । 

उहाँहरूबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएको हो । भेटवार्तामा पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले आधुनिकीकरणको प्रक्रियाबाट चीनले गरेको विकास तथा आर्थिक प्रगतिको सराहना गर्नुभयो । 

चिनियाँ उपप्रधानमन्त्री छुएश्याङले चीन बहु ध्रुवीकरण र न्यायपूर्ण तथा समानतापूर्ण विश्व व्यवस्थाको पक्षमा रहेको उल्लेख गर्दै विश्वशान्ति, शान्तिपूर्ण सहअस्तित्व र विकास तथा समृद्धितर्फ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
 
चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फारेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी हुन गत शनिबार ग्वाङ्झाउ पुग्नुभएका पूर्वप्रधानमन्त्री खनालले चीनको टेलिभिजन नेटवर्क (सिजीटीएन) सँग अन्तर्वार्ताका क्रममा नेपाल- चीन सम्बन्ध, बीआरआई परियोजना र आफू सहभागी भएको अन्डरस्टाण्डिङ चाइना कन्फरेन्सका बारेमा चर्चा गर्नुभएको थियो । 

पूर्वप्रधानमन्त्री खनाल भोली शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) का विदेश विभाग सचिव शङ्कर खतिवडाले जानकारी दिनुभयो । 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार