आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार

स्थगित मतदाता नामावली दर्ता आइतबारदेखि सबै प्रदेशमा सुरु हुने

· शुक्रबार, २२ मंसिर, २०८१ मा प्रकाशित
स्थगित मतदाता नामावली दर्ता आइतबारदेखि सबै प्रदेशमा सुरु हुने
काठमाडौँ, मंसिर २२ :

निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ ।
 
यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो ।

उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गर्न लागिएको आयोगले जनाएको छ ।
 
कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आवेदन गरेमा निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
 
मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने आयोगले जनाएको छ । नागरिकतामा उल्लिखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्न नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ । 

आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले अब मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायत कार्य गर्न सकिने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार