
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ ।
साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू- भागहरू लगायत बाँकी तराईका भू- भागहरू तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू- भागको एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागको एक- दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।