
सिरियाली विपक्षी समूहले सिरियाको सरकार नियन्त्रित राजधानी दमास्कसलाई घेरा हाल्न थालेको बताएका छन् ।
सिरियाली सेनाले विपक्षी लडाकुका रूपमा दक्षिणी क्षेत्रका अधिकांश भागबाट पछि हटेको समाचारमा जनाइएको छ तर रक्षा मन्त्रालयले ती दाबीको खण्डन गरेको छ ।
सिरियाली सरकारी सेना र उसको सहयोगी रुसले गरेको हवाई आक्रमण र गोलाबारीमा होम्स शहर नजिकै कम्तीमा सात जना सर्वसाधारणको मृत्यु भएको छ ।
राष्ट्रपति बशर अल असदको सरकारले अलेप्पो,हामा र डेरा लगायत प्रमुख सहरमाथिको नियन्त्रण गुमाइसकेको समाचार छ ।
सिरियाली सरकारले राष्ट्रपति बशर अल असद दमास्कसबाट भागेको भन्ने समाचारको खण्डन गरेको छ ।
सिरियाली विपक्षी लडाकुहरू सन् २०१८ मा सरकारी सेनाले कब्जामा लिएपछि पहिलो पटक राजधानी दमास्कसको उपनगरमा पुगेको विपक्षी कार्यकर्ता र एक विद्रोही कमाण्डरले बताएका छन् ।