बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

एक करोड बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ

· आइतबार, २४ मंसिर, २०८१ मा प्रकाशित
एक करोड बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ
कैलाली, मंसिर २४ :

कैलालीको भजनी नगरपालिका- ५ स्थित कौवाखेडा सीमा  क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले सुर्खेतको चौकुनी गाउँपालिका- १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका- १ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका- ११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको जानकारी दिनुभयो । 

भारतबाट आएका उनीहरूबाट ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम  सुन, १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी,  विभिन्न दरका छ लाख ११ हजार छ सय २५  भारतीय मुद्रा, साउदी रियाल, विभिन्न  किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार