
काठमाण्डौँ , मंसिर २४ :
प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ ।
दमक बिजनेस कम्प्लेक्स उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा जान लाग्नुभएको हो । उहाँ पर्सिसम्म झापामै रहने जनाइएको छ ।
उहाँ आज बिहान ११ बजे झापा ओर्लिने तयारी छ । सुरुमा उहाँले मानव सेवा आश्रमको नयाँ भवनको उद्घाटन र अर्को एक भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
त्यसपछि दिउँसो एक बजे १८ तले दमक बिजनेस कम्प्लेक्स उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ओलीको निर्वाचन क्षेत्रमा राज्यको १ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेर ‘भ्युटावर’ निर्माण भएको हो ।