
काठमाण्डौँ , मंसिर २४ :
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध ब्याटिङमा सङ्घर्ष गर्दै लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको हो ।
जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्थाले २४ र आसिफ शेखले १६ रन जवडे । कुश कंसाकारले अविजित २२ रन बनाए ।
बलिङमा लुम्बिनीका लागि युवा स्पीनर अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । साद विन जफरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।
सन्दिप जोराले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।