काठमाण्डौँ , मंसिर २४ :

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउनुभएको छ ।

दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलङ्का र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाण्डौँ आउनुभएको हो ।

काठमाण्डौँमा रहँदा उहाँले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । 

यो भ्रमणले अमेरिका- नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकास जस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासले उल्लेख गरेको छ ।

लुले यसअघि पनि तीनपटक नेपालको भ्रमण गरिसक्नुभएको छ ।