झापा, मंसिर २४ :

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका- ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्‌घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले उद्‌घाटन र शिलान्यास गर्नुभएको हो । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो । 

प्रधानमन्त्री ओलीले आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गर्नुभयो । 

प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गर्नुभएको थियो ।