काठमाण्डौँ , मंसिर २५ :

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ रहेको छ। चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।