खोटाङ, मंसिर २६ :
गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ ।
रावाबेँसी गाउँपालिका- २ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको रूख ढलेर किच्दा मिलनको सोमबार मृत्यु भएको हो ।
रूख ढल्ने क्रममा गोलिया काठ सङ्कलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा उनको मृत्यु भएको रावाबेँसी- २ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिनुभयो ।