काठमाण्डौँ, मंसिर २६ :

देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम आंशिक बदली  देखि मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको जारी बुलेटिनमा उल्लेख छ।