
सिरहा, मंसिर २६ :
बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कारपियो दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
गएराति नम्बर नखुलेको स्कारपियो रौतहटको चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
स्कारपियोमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएको रौतहट प्रहरीले जनाएको छ ।
मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल अस्पतालमा राखिएको छ । गाडी र मृतक सिरहाको रहेको र उनीहरूका आफन्त आएपछि पहिचान खुल्ने प्रहरीले जनाएको छ ।
सिरहाको अर्नमा गाउँपालिका- ३ बाट गढीमाई मेला गएको र फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।