बारा, मंसिर २६ :

बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्किँदै गरेको स्कारपियो जीप दुर्घटनामा मृत्यु भएका आठ जना र घाइते भएका पाँच जनाको परिचय खुलेको छ ।

दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका- ३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमाहामा गएराति बा १६ च ३१६२ नम्बरको जीप अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।