शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं: नेपाल सरकार

· बिहीबार, २५ साउन, २०८१ मा प्रकाशित
बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं: नेपाल सरकार
काठमाण्डौं, साउन २५ :

नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्तिमार्फत बङ्गलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बङ्गलादेश सबै तनावबाट शान्त र संयमताका साथै लोकतान्त्रिक प्रक्रियाको महत्वमा फर्कने विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले बङ्गलादेशी नागरिक सङ्क्रमणको सुनिश्चित गरी सहज रुपमा शान्ति र स्थिरतातर्फ अग्रसरका लागि सक्षम हुने विश्वाससमेत व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार