काठमाण्डौँ , मंसिर २७ :

काठमाण्डौँका विभिन्न स्थानमा आज बुधबारदेखि पुस ५ गतेसम्म दैनिक चार घन्टा  जाने भएको छ।

आज विद्युत प्राधिकरणले सूचना जारी गर्दै फरक फरक दिनमा छुट्टाछुट्टै ठाउँहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सट डाउन गरिने भएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरुमा विद्युत अवरूद्ध हुने जानकारी गराएको छ।

आज बुधबार कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिने हुँदा त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

भोलि बिहीबार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।

शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।

पुस १ गते म  कीर्तिपुरकै रोपवे फिडर अन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडर अन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दीर क्षेत्र, पुस ४ गते बाफल फिडर अन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शंखमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

विद्युतीय तार भूमिगतका लागि फिडर सटडाउन गर्न लागिएको पनि प्राधिकरणले जनाएको छ।