
कैलालीका छुट्टाछुट्टै तीन स्थानमा भएका सडक दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा भएको सुपप्र ०१- ००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका- १ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
गए राति नै गोदावरी नगरपालिका- ४ भीमदत्त राजमार्ग सडकखण्डमा म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका- ११ का ३० वर्षीय हिक्मत महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका- १८ डिपो बजारमा सुपप्र ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका- ३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो।