धादिङ, मंसिर २७ :

पृथ्वी राजमार्गस्थित कृष्ण भीरमा गएराती भएको सवारी दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् ।

विरगञ्जबाट काठमाण्डौँतर्फ आउँदै गरेको मधेश प्रदेश ०३- ००२ ख ०३१४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

घाईते ट्रक चालक बारा जिल्ला गढिमाइ नगरपालिका १५ का २८ वर्षीय सुमन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

चालक दुर्घटनाग्रस्त ट्रकले च्यापिएको अवस्थामा उद्धार गरि थप उपचारका लागी स्थानीय अस्पताल पठाइएको छ । सहचालकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।