काठमाण्डौँ , मंसिर २७ :

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त  प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको  शपथ लिनुभएको छ ।

आफूले शपथ लिएसँगै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा  पद तथा गोपनीयताको  शपथ गराउनुभएको हो ।