
महोत्तरी, साउन २५ :
गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
बुधबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका-१४ मा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले जानकारी दिनुभयो ।
गाँजा तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।