
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ ।
अहिले तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
राती पनि देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको जारी बुलेटिनमा उल्लेख छ ।
त्यस्तै, काठमाण्डौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि मौसम भने सफा रहने छ ।
आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।
आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।