
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जस अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९८ पैसा रहेको छ ।
केन्द्रीय बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
त्यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०४ पैसा र मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा निर्धारण भएको राष्ट्र बैङ्कले जनाएको छ ।