काठमाण्डौँ , मंसिर २८ :

कमलादीमा भासिएको सडकमा आजदेखि सञ्चालनमा आएको छ । 

पुननिर्मित सडकमा आयोजित एक कार्यक्रमका बिच रिबन काटेर सडक खोलिएको हो । 

साउनको अन्तिम साता काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द रहेको थियो । 

बक्स कल्भर्ट निर्माण गरेर आजदेखि सडक सुचारु गरिएको हो । 

सडक सुचारु भएपनि सवारी साधन एकतर्फी नै सञ्चालन हुने काठमाण्डौँ ट्राफिक प्रहरीले जनाएको छ ।