पोखरा, मंसिर २८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । 

यसअघि मङ्सिर २३ गते थपिएको चार दिनको म्याद हिजो बुधबार सकिएपछि लामिछानेलाई अदालत लैजान लागिएको हो । 

प्रहरीले कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी लामिछानेलाई पोखरा लगेको थियो । उनिहरु विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।