
काठमाण्डौँ , मंसिर २९ :
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राती भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।