शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार विदेश

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

· बुधबार, १० साउन, २०८१ मा प्रकाशित

काठमाण्डौं, साउन ७: युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ । कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सिथ्रिएस)को प्रारम्भिक तथ्याङ्कअनुसार सोमबार दैनिक औसत तापक्रम १७.१५ डिग्री सेल्सियस पुगेको थियो । यसको एक दिनअघि अर्थात् जुलाई २१ मा ०.०६ डिग्री सेल्सियस कम तातो थियो । यद्यपि, यो एक वर्ष पहिले रेकर्ड भएको सर्वकालिक उच्च तापमानभन्दा सामान्य बढी हो । पृथ्वीको तथ्याङ्क प्रयोग गरेर वास्तविक समयको नजिक विश्वव्यापी वायु र समुद्री तापमान अद्यावधिक गर्ने संस्था कोपर्निकसको आँकडा अस्थायी रहेको र अन्तिम मानहरू धेरै फरक हुनसक्ने बताइएको छ । “जलवायु विज्ञानले हामीलाई भनेको कुरा यही हो कि यदि विश्वले कोइला, तेल र ग्याँस जलाइरह्यो भने तापक्रम वृद्धिले भयावह स्थितिको सिर्जना गर्नसक्छ,” इम्पेरियल कलेज लण्डनका जलवायु वैज्ञानिक जोइस किमुताईले भन्नुभयो । सन् २०२३ को जुनदेखि हरेक महिना अघिल्लो वर्षको सोही महिनाको तुलनामा तापक्रम वृद्धि रेकर्ड मापन गरिएको छ, सीथ्रीएसका निर्देशक कार्लो बुओनटेम्पोले मङ्गलबार यसलाई ‘वास्तवमै आश्चर्यजनक’ भन्नुभएको छ । जलवायु परिवर्तनले लामो, कडा र अत्यधिक चरम मौसमी घटनाको जोखिम निम्ताइरहेको छ र यसले यो वर्ष संसारभरका ठूला विपत्तिहरूलाई सङ्केत गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार